मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल युवा संस्था संजाल (आयोन) को एक टोलीले युवाहरुको हक र हितको विषयमा प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालसँग शनिबार भेटवार्ता गरेको छ । आयोनका उपाध्यक्ष थानेश्वर अधिकारी सहितको टोलीले भेटघाटका क्रममा आयोनले गरेका गतिविधिबारे मन्त्रीलाई जानकारी गराएको थियो । गत पौष १३ गते प्रदेश नं ३ को राजधानी हेटौडामा भएको राष्ट्रिय युवा सम्मेलनमार्फत आयोनले जारी गरेको युवा घोषणा पत्रका बारेमा जानकारी गराइएको अधिकारीले जानकारी दिनुभयो । देश पुर्नसंरचनामा गएसँगै आयोनको संरचना पनि सोही अनुुरुप बनेकोले अव प्रदेश तथा स्थानिय सरकारसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने विषयमा उपाध्यक्ष अधिकारीले मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
छलफलका क्रममा मन्त्री बरालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र आयोनसंग मिलेर युवाहरुको हक र हितको बारेमा काम गर्न पहल गर्ने प्रतिवद्धता दिलाउनु भएको थियो । युवाहरुलाई उद्दमशिल बनाउन आफूले सामाजिक महाशाखासंग पनि समन्वय गरी योजना बनाउने भन्दै योजना पेश गर्न मन्त्री बरालले आयोनलाई आग्रह गर्नुभएको छ । आयोन देशभर रहेका बिभिन्न युवा संस्थाहरुको छाता संगठन हो । यसमा करिब १ सय जति संघसंस्था आवद्ध छन् ।
प्रतिक्रिया