देवघाट ।
नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले जनमत सङ्ग्रह मार्फत नेपाललालाई पुनः हिन्दुराष्ट्र बनाउन हिन्दुराष्ट्रको पक्षमा कांग्रेस उभिने बताउनुभएको छ । महेश संन्यास आश्रम, देवघाटद्वारा आयोजित देवघाटधाम विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा बोल्दै उहाले देवघाटधाम विराट् ज्ञानमहायज्ञमा सहभागी हुन आह्वान गर्नुभयोे ।
कार्यक्रममा बोल्दै हरिद्वारस्थित पतञ्जलि योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले नेपालको विकासमा आफुले हरेक कुरा गर्न सक्ने भन्दै त्यसका लागि महेश संन्यास आश्रमसँग १०० जना दक्ष विद्वद् जनशक्ति माग गर्नुभयो । उहाले बोल्दै नेपाल हिन्दुराष्ट्र हुनुपर्ने, त्यसमा सबै नेपालीहरूले आ(आफ्नो ठाउँबाट योगदान पुरÞ्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाले आयुर्वेदसम्बन्धि जानकारी गराउनुभएको थियो । ज्ञानसभाका अध्यक्ष, युवासन्त एवं महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका एकमात्र महामण्डलेश्वर आत्मानन्द गिरि, कृष्णानन्द सरस्वती, प्रा. शिवगोपाल रिसाल, पूर्वगृहसचिव शरद् भट्टराई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया