काठमाण्डौ ।
नेपाल देश यतिबेला बिदेशीएका नेपालीहरुले भित्राएको रेमिट्यान्सबाट चलिरहेको छ । सोही कारण पनि नेपालले कठिनभन्दा कठिन परिस्थितीहरुको सामना गर्न सफल भईरहेको छ भने जनताहरुको जीवनशैलीमा पनि सुधार आएको देखिन्छ । तर हालै सरकारले तीनै खाडीमा रगत पसिना बगाएर नेपालमा रेमिट्यान्स भित्राउने नेपाली कामदारहरुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झिटीझयाप्टाहरु भन्सार कार्यलयले जफत गर्न थालेपछि यसको चौतर्फी आलोचना भईरहेको छ । सरकारले तोकिएको मापदण्डभन्दा बढि ल्याएका सामानहरु जफत गर्न थालेपछि सरकारबिरुद्ध जनमानसबीच आक्रोस बढेको हो ।
विमानास्थलमा भन्सार कार्यलयले मादक पर्दाथ , मोबाईल , कपडा , ल्यापटप , सुन लगायतका सामानहरु जफत गर्न थालेपछि नायिका रेखा थापाले आक्रोस व्यक्त गरेकीछिन् । सरकारले चाही अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने तर बिदेशमा काम गरेका मजदुरहरुको झोला खोस्ने भन्दै आक्रोस व्यक्त गरेकी हुन् ।
प्रतिक्रिया