प्युठान ।
चट्याङले लाग्दा जिल्लाको नौबहिनी गाउँपालिका(१ स्याउलिवाङ खारखोलामा दुईजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरूङ र २७ वर्षीय नौमती घर्तीको मृत्यु भएको हो।
घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। नौबहिनी गाउँपालिका (६ र झिमरूक गाउँपालिकामा पनि चट्याङले पशु चौपायमा क्षति र्पुयाएको बताइएको छ।
२६ माघ २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया