शिवकुमार बेल्बासे, सितगंगा ।
अर्घाखाँचीको सितगंगा ठाडामा रहेको शैक्षिक धरोहर ज्योति बहुमुखी क्याम्पसमा सधैंका वर्ष जस्तै यस वर्ष पनि बएड र बिबिएस दोस्रो वर्षका विद्यार्थीले बिबिएस र बिएड प्रथम वर्षका विद्यार्थीलाई टीका, माला र खादा ओडाएर भव्य स्वागत गरेका छन् ।
कार्यक्रम बिएड दोस्रो वर्षकी नर्मदा अधिकारीको अध्यक्षता, क्याम्पस अध्यक्ष कुमार केशव सिंह बेल्बासेको प्रमुख आतिथ्यता, क्याम्पस प्रमुख विष्णुप्रसाद भट्टराई र काशीनाथ आचार्यको विशिष्ट आतिथ्यता, ज्योति प्रकाश आचार्यको आतिथ्यता, प्रध्यापकहरु चन्द्र प्रकाश आचार्य, रामप्रसाद बेल्वासे, भिमार्जुन पौडेल, हरि घिमिरे, कमल बेल्बासे, कृष्ण घिमिरे दिनेश पौडेल, बाबुराम बेल्बासे, रतन देउवा, गोकुल क्षेत्री, मेनुका शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्याम्पस अध्यक्ष, क्याम्पस प्रमुख, अतिथि, प्रध्यापकहरु र दोस्रो ,तेस्रो र चौथो वर्षका विद्यार्थीले स्वागत मन्तव्य र प्रथम वर्षका पार्वता पौडेल र बाबुराम सापकोटाले प्रतिबद्धता मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्दै क्याम्पस अध्यक्ष र क्याम्पस प्रमुखले आफ्नै ठाउँमा सस्तो र सुलभ शुल्कमा गुणस्तरीय शिक्षा क्याम्पसले दिएको हुँदा लगनशील भई अध्ययन गर्न शुभकामना दिनुभएको थियोे । कार्यक्रम भुवन अधिकारीको स्वागत गीत र दुर्गा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
२५ माघ २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया