११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

माओवादी सकियो कसैले भन्छ भने अर्को माओवादी जन्मन्छ – प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी सकियो कसैले भन्छ भने अर्को माओवादी जन्मने बताउनुभएको छ । पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले लेखेको ’न्यायिक समिति कार्यविधि र प्रक्रिया’ नामक पुस्तक लोकार्पण कार्यक्रममा आज प्रचण्डले शान्ति र संविधान कार्यान्वयनलाई दायाँबायाँ गर्न खोजे देशमा अर्को माओवादी जन्मने चेतावनी दिनुभयो ।

उहाँले’ शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वन मार्फत अगाडि बढ्ने कुरा हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छु। यदि त्यसो गरिएन र हल्काफुल्का रूपले लिइएको छ भने देशलाई फेरि गाह्रो पर्न सक्छ’, प्रचण्डले भन्नुभयोे, ’अब माओवादीहरूलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ। अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाइँ हुने खतरा आउँछ। हामी सबैले प्रतिबद्धता र प्रतिज्ञा गर्नुपर्दछ (शान्ति सम्झौताको मर्मलाई इमानदार कार्यान्वयन संविधानको मर्मलाई त्यसरी नै कार्यान्वयन गर्नेतिर हामी एकजुट भयौँ भने हाम्रो अगाडि एउटा ऐतिहासिक अवसर छ।’

उहाँले यी विषय उठाउने माओवादीलाई सिध्याइसकियो अब जे गरे पनि हुन्छ भन्ने सोच्यो भने दुर्भाग्यपूर्ण हुने बताउनुभयो । विगतमा नेपालमा राजनीतिक द्वन्द्वहरू सहमतिबाट सजिलो गरी समाधान भएको तर अबका दिनमा भने त्यसो हुन नसक्ने प्रचण्डको आँकलन थियो। प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा र्पुयाउने नाममा अहिले प्रहरीले द्वन्द्वकालका मुद्दा उँधिनेको र पक्राउ गर्न थालेकोप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २५ माघ २०७५ शुक्रबार ००:००  ११ : ११ बजे