११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

न्यूजिल्याण्ड विरुद्धको टि २० मा भारतको सानदार जित, रोहित शर्माको किर्तिमानी



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । 
न्यूजिल्याण्डविरुद्धको दोश्रो टि २० श्रृङखलामा भारत विजयी भएको छ ।पहिलो खेल गुमाएको भारतले आज उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्याण्लाई सात विकेटले हराएको हो । भारतको यो जितसंगै श्रृङखला एकएकको बराबरीमा गएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्ले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेटको क्ष्तिमा १६२ रन जोडी जित हासिल गरेको हो । भारतको लागि ऋषभ पंतले चौका प्रहार गर्दै जित दिलाए । कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ३ छक्को मद्धतमा ५० रन बनाए भने शेखर धवनले ३० बलमा ३१ रन बनाएका थिए । क्रिजमा जमेका उनीहरुले पहिलो विकेटको लागिे ७९ रनको सानदार पारी खेले ।
आजको ५० रनसंगै रोहित शर्मा टी २० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् । रोहितले  ९२ खेलमा २२ सय ८८ रन का छन् । उनले न्यूजिल्याण्डका मार्टिन गप्टिललाई पछि पारेका छन् । न्युजिल्याण्ले राम्रो सुरुवात गरेन । ओपनर सेइफर्ट तेश्रो ओवरमै आउट भए । कालिन मुनरो पनि १२ रनमा आउट भए । ग्रैंडहोमले सबैभन्दा धेरै रन बनाए । उनले २८ बलमा ५० रन बनाउँदा टिमको जम्मा १५८ रन बन्यो ।
भारतको लागि क्रुणाल पंड्याले तारिफ योग्य खेल खेले । म्यान अफ दि म्याच बनेका उनले ३ विकेट लिए भने खलील अहमदले २ र भुवनेश्वर कुमार र हार्दिक पंड्याले एकएक विकेट लिए । यी २ टोलीबीच पर्सी निर्णयक खेल हुने छ । पहिलो खेल भारतले ८० रनले हारेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५ शुक्रबार ००:००  ११ : ०१ बजे