मायादेवी अनलाइन, कपिलवस्तु।
दाङमा हिजो बेलुका भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको अहिले काठमाण्डौँमा उपचार भइरहेको छ । लमही स्थित फ्लोरेन्स अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभए पछि ओलीलाई हेलिकप्टर मार्फत आज दिउसो काठमाण्डाको मेडिसिटी अस्पत्तालमा लगिएको थियो ।
अस्पत्तालका न्युरो सर्जन डा सञ्जय झाका अनुसार सांसद ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख छ। उहाँको पेटमा भएको इन्टर्नल ब्लिडिङ अहिले रोकिएको छ भने श्वासप्रश्वास गति सामान्य छ । डाक्टरले स्वास्थ्यमा क्रमिक सुधार भएकाले नआत्तिन परिवारजनलाई आग्रह गरेका छन् । अहिले अस्पत्तालमा उहाँलाई भेट्नेहरुको भीँड लागेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट हिजो घोराहीबाट लमही जाँदै गरेको यात्रुवाहक बसले बुटवलबाट तुलसीपुर जाँदै गरेको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियो। उक्त दुर्घटनामा पश्चिम रूकुमकी रमिला शर्माको मृत्यु भएको थियो ।
प्रतिक्रिया