चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
प्रसिद्ध समाजिक अभियान्ता तथा वरिष्ठ हास्यकलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ मलेसियामा स्टेजमै क्रिकेट खेलेका छन् । चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि मलेसिया यात्रामा रहेका उनीहरुले धुर्मुस–सुन्तली ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले आयोजना गरेको ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ मा स्टेजमै नेपालीहरुसंग क्रिकेट खेलेका हुन् ।हरेक स्टेजमा चढेर पेट मिचिमिचि हँसाउने कला भएका उनीहरु हँसाउन छोडेर ब्याट र बल लिएर स्टेजमा चढेपछि दर्शक दीर्घाबाट हुटिङ र ताली आएको थियो । बल समातेर सुन्तली बलिङ गर्नै तम्सिन भने धुर्मुसले ब्याट लिएर प्रहार गर्न तम्सिए । रंगशाला निर्माणको यो फरक दृश्यले त्यहाँ भएभरका नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिलायो । साथमा उनीहरुले अभिनयमार्फत पनि दर्शकलाई भरपुर मनोरन्जन दिलाए ।उनीहरु क्रिकेट खेल पनि त्यहाँ कुनै नियम थिएन । सुन्तलीका हरेक बलमा धुर्मुसले छक्का प्रहार गरेका थिए । रंगशाला निर्माणपछि हरेक नेपाली खेलाडीले कुनै पनि टिमविरुद्ध सजिलै छक्का हान्न सक्छन् भन्ने सन्देश दिन उनले छक्का भनेका थिए ।
उनीहरुसँगै दर्शकलाई मनोरञ्जन दिन लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई र चर्चित लोक गायिका सम्झना भण्डारीले पनि मिठामिठा गीत गाउर धुर्मुस सुन्तलीको अभियानलाई सबै स्वाभिमानी नेपालीको अभियान सम्झेर सहयोग गर्न आग्रह गरेका थिए । यस्तो साँझ मलेसियाको तीन शहरमा हुने छ । क्वालालम्पुर र पेनाङपछि फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ ।
झन्डै तीन अर्ब अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशालाका लागि मलेसियाबाट राम्रो सहयोग मिल्ने विश्वास धुर्मुस–सुन्तलीले लिएका छन् । काम र मामको लागि विदेसिएका हजारौँ नेपाली दाजुभाई दिदीवहिनीले रंगशाला निर्माण अभियानलाई साथ दिएका छन् । उनीहरुले रंगशाला निर्माण गर्ने भन्दै सहयोग पनि गरेका छन् । ३ बर्ष भित्र नेपालमा मौलिक र अत्याधुनिक रंगशाला निर्माण गर्न भन्दै धुर्मुस सुन्तली विश्व यात्रामा निस्किएका छन् ।
प्रतिक्रिया