दाङ ।
बसले कारलाई ठक्कर दिँदा रूकुम मुसिकोट नगरपालिकाकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको छ । दुर्घटनामा प्रदेश ५ का सांसद उत्तरकुमार वलीसहित १४ जना घाइते भएको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए ।
वली सवार बा.१८च ६८३६ नम्बरको कारलाई घोराही–लमही सडकको मसोट चिसापानीमा ना.५ख ५५२९ नम्बरको बसले ठक्क दिएको थियो । घाइते सबैको दाङ र नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार जारी छ । प्रदेश सांसद बली गम्भिर घाइते भएका छन । उनको पनि उपचार भैरहेको बताइएको छ।
२५ माघ २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया