११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

दाङमा बस र कार ठोक्किए, एक जनाको मृत्यु, प्रदेशसभा सदस्य सहित १४ घाइते



दाङ ।
दाङमा भएको सवारी दुर्घटनामा प्रदेशसभा सदस्य उत्तमकुमार वली गम्भीर घाइते भएका छन् । दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । अन्य १४ जना घाइते भएका छन् ।
घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कारलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।
बसले सांसद वली सवार कारलाई घोराही–लमही सडकखण्डको चिसापानीमा ठक्कर दिएको थियो । दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वा्चित प्रदेशसभा सदस्य वली घाइते भएका हुन् ।
कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । गम्भीर घाइते वलीको लमही अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ओलीलाई थप उपचारका लागि जिल्ला बाहिर लाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५ बिहिबार ००:००  १ : ५३ बजे