अर्घाखाँची ।
अर्घाखाँचीको शीतगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन । शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन । श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।
श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेका हुन । आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना वाहिर आएको हो ।
आफ्नै बाबु भएकाले आरोपीको नाम,थर,वतन गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
२४ माघ २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया