पोखरा ।
तनहुँको घिरिङ गाउँपालिका ३ डाँडाथोकस्थित एक बिहे भोजमा दुई युवा समूहबिच ग्याङ फाइट हुँदा चारजना घाइते भएका छन् । झडपमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घिरिङ गाउँपालिका ३ बस्ने १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा रहेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी गोविन्द पुरीले जानकारी दिए । घाइते सबैको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
बिहेको भोज चलिरहेको समयमा भिमाद र घिरिङका युवाहरुबिच सामान्य कुराको विवादले ठूलो रुप लिँदा झडप भएको हुन सक्ने प्रहरीको भनाई छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ माघ २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया