बाँके ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरालाई बुधबार नेपालगञ्जमा सम्मान गरिएको छ ।संयुक्त अरब इमिरेट्स ९यूएई०सँगको एकदिवसीय र टी–ट्वेन्टी क्रिकेट श्रृङ्खा जित्ने नेपाली राष्ट्रिय टोलीका सदस्य बोहरालाई बुधबार गृह गर नेपालगञ्जमा भव्य स्वागतसहित सम्मान गरिएको हो ।
बोहरालाई बाँके जिल्ला क्रिकेट सङ्घको आयोजनामा नेपालगञ्जमा नगर परिक्रमासहित सम्मान गरिएको हो । नगर परिक्रमापछि त्रिभुवन चोकमा प्रदेशसभा सदस्य सुरेन्द्र हमाल र नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापाले खेलाडी बोहरालाई सम्मान गर्नुभयो । त्यस अवसरमा बाँके जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दुर्गा थापाले बोहरालाई १० हजार रुपैयाँ सहयोग गर्नुभयो ।
बोहराले पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएपछि ६ विकेट लिएर म्यान अफ् द सिरिज भएका थिए ।
२३ माघ २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया