९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लगनको महिनामै घट्यो सुनको मूल्य



काठमाडौं ।
लामो समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्य बुधवार भने घटेर कारोबार भएको छ। स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा छापावाल सुनको मूल्य ६२ हजार चार सय रुपैयाँ तोकिएको छ। मङ्गलवार यो मूल्य ६२ हजार छ सय रुपैयाँ रहेको थियो। बुधवार तेजावी सुनको मूल्य प्रतितोला ६२ हजार एक सय र चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य मंगलबारको तुलनामा पाँच रुपैयाँले घटेको छ। मङ्गलवार चाँदी प्रतितोला ७८५ रुपैयाँमा बिक्री गरिएको थियो। मागमा सुनको माग बढी हुने गर्छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अहिले स्थानीय बजारमा सुनको मूल्य प्रतिदिन ४० केजी हुने गरेको छ। मूल्य निरन्तर बढेको कारण माग घटेकोमा बुधवार भने घटेर कारोबार भएको हो।

प्रकाशित मिति : २३ माघ २०७५ बुधबार ००:००  ९ : २० बजे