हेटौँडा ।
प्रहरीले हेटौंडाबाट ७४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले हेटौंडा–१९ बाट ७४ किलो गाँजासहित एक जना वृद्धलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ७० वर्षका चन्द्रबहादुर भोलन रहेका छन्। प्रहरीले हटौंडा–१९ सिंगरा चोक बस्ने चन्द्रबहादुर भोलनको घरबाट लागुऔषध गाँजा १६ किलो, सोही स्थानका पूर्णबहादुर भोलनको घरबाट ३२ किलो र बुद्धिलाल भोलनको घरबाट २६ किलो गरी जम्मा ७४ कोलो फेलापारि उक्त लागूऔषध गाँजासहित चन्द्रबहादुर भोलन नियन्त्रणमा लिएको हो। यस आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको लागूऔषध गाँजा तथा अफिम फडानी अभियानकोको अनत्यतिर आइपुग्दा कतिपय स्थानका कुना काप्चामा फडानी गर्न छुट हुन गएको गाँजा जम्मा गरी बेचबिखनको लागि तयार गरी राखिएको अवस्थामा उक्त गाँजा पक्राउ पर्न आएको प्रहरी निरीक्षक मधुकुमार थापाले बताए। प्रहरीले यसै गरी जिल्लाका विभिन्नस्थानहरुमा पनि लागूऔषध बेचबिखनको लागि जम्मा गरी राख्न सक्ने देखिएकोले सम्भावित स्थानहरूमा आवश्यक सूचनाहरू सङ्कलन गरी छापामारी लागूऔषध गाँजा बरामद तथा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान सञ्चालन गरेको उनले बताए।
२३ माघ २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया