९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हिलवर्टको ऐतिहासिक १० औँ बार्षिकोत्सव, बालबालिकाको अद्भूत कला र संगितले लट्ठ्यायो दर्शक



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका जिल्लाकै शैक्षिक हव बन्दै गईरहेको एक कार्यक्रमका वक्ताले बताएका छन् । नगरमा रहेका नीजि तथा सामुदायिक विद्यालयले प्रदान गरेको शिक्षा र तीव्र रुपमा भएको शैक्षिक लगानीले यसलाई पुष्टि गरेको सरोकारवाला निकायका व्यक्तिले बताएका हुन् ।
पिपरास्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले जिल्लामा जनसंख्याको तीव्र वृद्धिसंगै शिक्षामा लगानी गर्नेको संख्या बढ्ने क्रममा बाणगंगा नगरपालिका सबैको ध्यान रहेको उहाँले बताउनुभयो । केही समय उच्च शिक्षा हासिल गर्न जिल्लबाहिर जानै पर्ने बाध्यता रहेको स्मरण गर्दै अब भने त्यो अवस्था टरेको पन्थीले बताउनुभयो ।
जिल्लामा धेरै गुणस्तरीय शिक्षा दिने नीजि तथा सामुदायिक विद्यालय रहेको भन्दै उहाँले भन्नुभयो– ‘अिझै पनि बालबालिकालाई उच्च शिक्षाको लागि बाहिर पठाइन्छ भने त्योर रहर मात्र हो, गुणस्तरीय शिक्षाको लागि बुटवल, काठमाण्डौँ जानु पर्दैन यहाँ हिलवर्ट जस्ता गुणस्तरीय शिक्षा प्रद्यान गर्ने विद्यालय छन् ।’
बाणगंगा नगरमै सामुदायिकतर्फ जनता मावि पिपरा, पञ्च निमावि वैजलपुर, संस्कृत तर्फ मनकामना गुरुकुलम विद्यापीठ र नीजि तर्फ हिलवर्ट जस्ता रहेको भन्दै सांसद पन्थीले अब उच्च शिक्षाकै लागि आफ्ना अभिभावकहरुलाई जिल्ला बाहिर नपठाउन आग्रह गर्नुभयो । कपिलववस्तुलाई शिक्षमा पछि परेको जिल्ला भनिए पनि हिलवर्ट, जनताजस्ता विद्यालयको उपस्थितिले त्यस्तो अवस्था नरहेको सांसद पन्थीले बताउनुभयो ।
फरक प्रसंगमा सांसद पन्थीले शिक्षाको दायित्व राज्यले लिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो– ‘नीजि क्षेत्रलाई निस्तेज गरेर राज्य अघि बढ्न सक्दैन । राज्य अहिले निकै कमजोर भएको छ । नीजि विद्याल संग सहकार्य गरेर राज्य अघि बढ्नु पर्दछ ।’ सांसद पन्थीले अबको तिन बर्षभित्र कपिलवस्तुको विकास नसोचेको ढंगले हुन लागेको तर्फ धयानाकर्षण गराउँदै शिक्षामा ढुक्क भएर लगानी गर्न लगानीकर्ता लाई आह्वान गर्नुभयो । कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेलले बाणगंगा नगर शिक्षामा निकै अगाडी बढेको भन्दै खुसी व्यक्त गर्नभयो । बाणगंगाका नगर प्रवक्ता समेत रहनु भएका पौडेलले यस क्षेत्रका जनताको आर्थिक स्तरको ख्याल गर्दै हिलवर्टजस्ता स्कुलले सस्तो र सुलभ दरमा गुणस्तरीय शिक्षा दिनमा हिलवर्टजस्ता नीजि विद्यालयले योजना बनाउनुपर्ने बताउनु भयो ।
बाणगंगा नगरका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले विद्यार्थीमा अथाह प्रतिभा लुकेर वस्ने हुँदा त्यसलाई प्रष्फुटन गराउन विद्यालयले अतिरिक्त क्रियाकलापमा ध्यान दिनु पर्ने बताउनुभयो । यसो गरेका बालबालिकाको सर्वाङ्गिण विकास हुने उहाँको भनार्य छ ।
प्याप्सन कपिलवस्तुका अध्यक्ष शिव गैरे र एभरेष्ट उच्च मावि बुटवलका प्रिन्सिपल कृष्ण न्यौपाने, होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायले राज्यले नीजि क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनु भएको थियो । राज्यमा दक्ष जनशक्ति उत्पादन गर्न नीजि क्षेत्रको भूमिकालाई विर्सेर राज्य अघि बढ्ने खोजे त्यो अप्रिय हुने भन्दै उहाँहरुले आफूहरु राज्य संग संगै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापनका अध्यक्ष दिपक खनाल र प्रिन्सिपल सुरेन्द्र पाण्डेले विद्यालयको भावी योेजनाको बारेमा बताउनु भएको थियो । आफूहरुको ध्यान विद्यालयलाई राज्यमै नमुना बनाउने रहेको भन्दै त्यही अनुसार आफूहरुले गतिविधि गर्ने बताउनुभयो । प्रिन्सिपल पाण्डेले विद्यालयले अबको आर्थिक बर्षसम्म व्यवस्थापन शंकायमा प्लस टुको पठनपाठ पनि सुरु गर्ने बताउनुभयो ।
कार्यक्रममा जिनियस एकेडेमी काठमाण्डौँका सिइओ कमल नेपाल, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने, भूतपूर्व शिक्षक शुशिल पौडेल भूत पूर्व विद्यार्थी मचकी अध्यक्ष उपमा अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैबीच गत बर्षको एसइइ परीक्षामा ए प्लस ग्रेड ल्याउने विद्यार्थीलाई विद्यालयले विशेष सम्मान गरेको छ । एसइइ मा सम्मिलित ३७ जनामध्ये ए प्लस अंक ल्याउने १९ जना विद्यार्थी र अभिभावकलाई नगद ५ हजार, गोल्ड मेडल र दोसल्ला ओढाएरले सम्मान गरिएको थियो । यस्तै विद्यालयले सो नतिजा हासिल गराउने खट्ने सम्पूर्ण विषय शिक्षकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रमकै अवसरमा विद्यालयले संचालन गरेको खेल सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि मेडलले सम्मान गरिएको छ भने कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्ने बिभिन्न व्यक्तिलाई पनि विशेष सम्मान गरियो ।
कार्यक्रममा समग्र देश झल्कने गरी विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए । देशमा मनाइने चाडबाड, धर्मकर्म, बिभिन्न जातजातीको भेषभूषा आदिलाई विद्यार्थीहरुले कक्षागत आफ्नो कलामार्फत देखाएका थिए । विद्यार्थीको सांस्कृति कार्यक्रम र चेतनामूल्क नाटकले सबै दर्शकको मन जितेको थियो ।
यस्तै ससाना बालबालिकाको क्षमता प्रदर्शनीसंगै विद्यार्थीले शैक्षिक प्रदर्शनी पनि गरेका छन् । दशौँ बार्षिकोत्सवलाई भव्य बनाउन विद्यालयले साताव्यापी रुपमा सरसफाई कार्यक्रम, प्रभात फेरी, जेष्ठ नागरिक सम्मान र भूपु विद्यार्थी पुनर्मिलन कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  ११ : ४५ बजे