११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

तिलोत्तमामा हुने परमानन्द काव्यवाटिका २०७५ को तयारी तीव्र



तिलोत्तमा ।
तिलोत्तमा नगरपालिका १ नयाँमिलमा अवस्थित दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको सत्संग भवनमा माघ २९ गते हुने परमानन्द काव्य वाटिकाको तयारी तीब्र गतिमा अगाडि बढिरहेको छ ।
दुर्गा वैदिक संस्कृत विद्यापीठका पुर्वविद्यार्थिहरुको संगठन दुर्गा वैदिक पुर्व विद्यार्थी मन्चको आयोजना, विद्यापीठका वर्तमान विद्यार्थीहरुको संगठन परमानन्द विद्यार्थी कल्याण परिषद्को सह(आयोजनमा हुने काव्य वाटिकामा परमानन्द संस्कृत गुरुकुल देवघाटधामका विद्यार्थी साथै देशभरका गुरुकुल तथा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहने छ । ब्रह्मलिन राष्ट्रसन्त श्री १००८ स्वामि परमानन्द सरस्वतीजि महाराजको २२ औं स्मृति दिवसको अवसरमा दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्राङ्गणमा विशेष भण्डाराको पुर्वसन्ध्यामा हुने कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती , श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रमका आश्रमाधिपती श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजि महाराज लगाएत विभिन्न सन्त गुरुहरुको र देशभर रहेका विशिष्ट साहित्यकारहरुको उपस्थिति रहने बताइएको छ । उक्त भण्डारण कार्यक्रममा करिब १०, हजार भक्तजनहरु तथा विद्यार्थीबटुकहरुले प्रसाद ग्रहण गर्ने विद्यापीठका प्राचार्य हरि ब्रह्मचारिले जानकारी दिनुभयो ।
उक्त काव्यवाटिका नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय वेदान्त विभागका अध्यक्ष सह( प्राध्यापक वरिष्ठ साहित्यकार नारायण नेपालको प्रमुख आतिथ्यतामा हुने दुर्गा वैदिक पुर्व विद्यार्थी मन्चका अध्यक्ष दिपक गैरेले बताउनुभयो ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  २ : ५५ बजे