तिलोत्तमा ।
नेबिसंघ सरस्वती संस्कृत विद्यापीठ मुल इकाई समितिको सभापतिमा चोकलाल डुम्रेलाई सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितीको उपाध्यक्षयमा त्रिभुवन न्यौपाने , सुदिप ढकाल ,अर्जुन भुसाल, सचीवमा माधव भण्डारी , सह( सचीवद्वयमा शिवलाल पौडेल, अर्जुन पाण्डे, कोषाध्यक्षमा बद्री भट्टराई , सह( कोषाध्यक्षद्वयमा रोशन भण्डारी, सुवर्ण धिताल सदस्यहरूमा किशोर अर्याल, दिपक गैह्रे, अभिषेक तिवारी, विशाल सुवेदी, निरज खरेल, सन्दिप तिमिल्सिना, निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा बोद्यै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रुपन्देहीका सचिव रामकृष्ण खाँडले आगामी स्ववियु निर्वाचनमा नेबिसंघले चुनाव जित्नु बताउनुभयो । उहाले विगतदेखिको इतिहासलाई नबिर्सी स्ववियु निर्वाचन सफल पार्नको लागि नेबिसंघलाई पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले अर्थ र सुरक्षाको चिन्ता नगरी आफ्नो अध्ययनका साथ विद्यार्थीको हकहितमा लाग्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो । क्याम्पसका वर्तमान स्ववियु सभापति विष्णु पौडेलले मन्तव्य राख्दै नेबिसंघ बलियो भए मात्र नेपाली काङ्ग्रेस बलियो हुने भएकोले विगतका कामको प्रभावले पनि नेबिसंघको जित सुनिश्चित भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे , नेपाली काङ्ग्रेस तिलोत्तमा ५ का वार्ड सभापति रमेश डुम्रे लगाएतले मन्तव्य राख्दै संस्कृत शिक्षा र क्याम्पसको विकासमा नेपाली काङ्ग्रेसले सक्दो सहयोग गर्ने बताएका छन् ।
कार्यक्रम इकाई सभापति केशवराज पोड्यालको अध्यक्षता , स्ववियु कोषाध्यक्ष टंक पराजुलिको सन्चालन एवम् चोकलाल डुम्रेको स्वागत मन्तव्यमा सम्पन्न भएको छ ।
प्रतिक्रिया