११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रेस चौतारीको २१ औं स्थापना दिवसः असहायलाई सहयोग, विकासको सवालमा अन्तरक्रिया



बाबुराम रायमाझी, गोरुसिङ्गे ।

प्रेस चौतारी नेपालको २१ औं स्थापना दिवसको अवसरमा कपिलवस्तुमा जनप्रतिनिधीहरु संग अन्तरक्रिया कार्यक्रम बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा सम्पन्न भएको छ । कार्यक्रममा पत्रकारले सत्य तथ्य समाचार सम्प्रेसण गर्नु पर्ने नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो ।

प्रेस चौतारीको २१ औं स्थापना दिवसको अवसरमा आयोजित विकासको सवालमा जनप्रतिनिधी संग अन्तरक्रिया तथा असहाय पिडितलाई सहयोग कार्यक्रममा बोल्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।

संचार संग जनप्रतिनिधी नजिक हुनु पर्ने आवश्यकता औल्याउँदै समृद्ध नेपाल सुखी नेपाली राष्ट्रको नारालाई सार्थक पार्न पत्रकारले पथ प्रर्दशकको भूमिका निभाउनुपर्ने उल्लेख गर्नुभयो । विगतका ठूला राजनैतिक परिर्वतनमा पत्रकारले खेलेको भूमिकालाई प्रशंसा गर्दै पोख्रेलले पत्रकारले पनि आफ्नो आचार संहितामा रहेर लेख्नुपर्ने जनाउनुभयो ।

संचारबाट संसार बदल्न सकिन्छ भन्दै हिजोको निर्वाचनमा पनि पत्रकारहरुकै अथक सहयोगले जिल्लामा नेकपा अग्रणी स्थानमा आएकोले पत्रकारले लेखेका सकारात्मक र नकारात्मक दुबैबाट जनप्रतिनिधि सच्चिदै जानुपर्ने अध्यक्ष पोखरेलको भनाई छ  ।

नेकपा कपिलवस्तुका जिल्ला नेता बाबुराम खनालले जनप्रतिनिधीलाई योजनाबद्ध रुपमा काम गर्न र मुस्कान सहितको सेवा प्रवाह गर्न अनुरोध गर्नुभयोे । निर्वाचित भएर स्थानिय तहमा पुगेका जनप्रतिनिधीले गरेका कामले स्थानियमा सकारात्मक परिर्वतन भयो भने मात्रै जनप्रतिनिधी प्रशंसाका पात्र बन्न सक्ने उल्लेख गर्नुभयो । अव राजनैतिक क्रान्ती छाडेर सामाजिक र आर्थिक क्रान्तिका लागि पत्रकारले कलम चलाउनुपर्ने खनालले बताउनुभयो ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले पत्रकार संग संगै सहकार्य गरेर स्थानीय तह संचालन गरेको स्पष्ट पार्नुभयो । संस्थागत रुपमा योजना सहित गाउँपालिकामा आएमा पत्रकारका मागलाई पालिकाले सम्बोधन गर्ने प्रतिवद्धता थापाले व्यक्त गर्नुभयोे । पत्रकार जनप्रतिनिधिको लागि पथ प्रर्दशक भएकाले सकारात्मक र नकारात्मक दुबै पक्षको उठान गर्नुपर्ने वाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । 

जिल्लामा रहेका सबै कार्यालयहरु स्थानीय तहमा गाभिएकाले हिजोको तुलनामा भष्ट्राचार कम भएको समेत उहाले उल्लेख गर्नुभयो । जनप्रतिनिधीका बारेमा नकारात्मक लेख्नु भन्दा पहिले सत्यतथ्य बुझेर लेख्दा राम्रो हुने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । स्थानिय तहले व्यक्तिगत कसैलाई पनि सहयोग गर्न नसक्ने हुँदा, सहयोग नपाएको झोकमा जनप्रतिनिधिलाई आरोप प्रत्यारोप लगाउनु गलत भएको सुझाउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधीहरुले पत्रकार विचमा गर्ने भेदभावको बारेमा प्रश्न समेत उठाएका थिए । आफ्नो प्रशंसा गर्दा ठिक र नकारात्मक पक्ष उठान गर्दा वेठिक भन्ने सोच जनप्रतिनिधीले हटाउनु पर्ने पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो । स्थानीय जनप्रतिनिधिले नराम्रो मात्रै लेखे भन्ने भन्नु भन्दा पनि आफुले गरेका कामहरुको बारेमा मासिक रुपमा पत्रकार संग अन्तरक्रिया गरेमा अझ सकारात्मक सन्देश जान सक्ने भुसालले जिकिर गर्नुभयो ।Image may contain: 7 people, people sitting and indoor

आफ्नो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कपिलवस्तुले बुद्धभूमि नगरपालिका ३ का मानसिक रोगले पिडित बनेका असाहय धन बहादुर पुनको परिवारलाई १० हजार आर्थिक सहयोग उपलब्ध समेत गराएको छ ।

Image may contain: 9 people, including Hari Adhikari, Bikash Acharya and Arjun Belbase, people standing and indoorविगतका वर्षमा पनि दिवसको अवसरमा प्रेस चौतारी विभिन्न सामाजिक रचानात्मक क्रियाकलाप गर्दै आएको प्रेस चौतारी अध्यक्ष हरि अधिकारीले जनाउनुभयो । नेकपाका शुभेच्छुक संस्था प्रेस चौतारी र प्रेस सेन्टरको पनि एकता भई बन्ने प्रेस संगठन नेपाल दिवसको अवसरमा कार्यक्रम आयोजना भएको समेत अधिकारीले उल्लेख गर्नुभयो ।

कार्यक्रम प्रेस चौतारीका जिल्ला सचिव बाबुराम रायमाझिको स्वागत तथा प्रेस सेन्टरका जिल्ला संयोजक अर्जुन बेल्वासेको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  २ : २० बजे