काठमाण्डौ ।
टी–२० क्रिकेटको वरीयतामा नेपालले ४ वटा देशलाई पछि पारेको छ ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १४औँ स्थानमा छ । नेपालले टी–२० वरीयतामा आयरल्याण्ड, ओमन, हङकङ, यूएईलाई पछि पारेको हो ।
नेपालले यूएईविरुद्धको टी–२० र एकदिवसीय सिरिज जितेको थियो । त्यही नतिजाका आधारमा ४ टिमलाई पछि पार्न सफल नेपालले टी–२० वरीयतामा ४३ रेटिङ पाएको छ ।
एकदिवसीयमा भने नेपाल १५औँ स्थानमा यथावत छ । १४ औँ स्थानमा रहेको यूएईसँग समान १५ रेटिङ भए पनि प्वाइन्ट्सका आधारमा नेपाल पछि परेको हो । टी–२० को शीर्ष स्थानमा पाकिस्तान र एकदिवसीयको शीर्ष स्थानमा भारत छ ।
खेलाडीतर्फ टी–२० वरीयतामा नेपालका कप्तान पारस खड्काले एक स्थान सुधार गरेका छन् । यस महिना पारस ९६औँ स्थानमा छन् । अघिल्लो महिना उनी ९७ औँ स्थानमा थिए ।
२२ माघ २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया