१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेकपा वाणगंगा नगर कमिटीद्धारा शोक सभा सम्पन्न



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टी वाणगंगा नगर कमिटीले पार्टीका कार्यकर्ताको निधन प्रति विभिन्न स्थानमा शोक सभा गरेको छ । जस अन्तर्रगत बाणगंगा नगरपालिका वडा नं. ८ मधुवन निवासी रुद्र बहादुर भुसालको निधन प्रति नेकपाले शोक सभा गरेको छ ।

भुसालको माघ १५ गते निधन भएको थियो । नेकपाको शोकसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, पार्टी केन्द्रिय सदस्य बिमला घिमिरे, पार्टी प्रदेश कमिटीका सदस्य एवं संविधानसभा सदस्य बलराम अधिकारी, पार्टीका प्रस्तावित जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, प्रदेश कमिटीका सदस्य कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य जोनि बञ्जाडे, प्रस्तावित जिल्ला सचिव रामचन्द्र शाह, बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, वडा नं. ८ का वडा अध्यक्ष क.गुणानिधी भुसाल लगायतको उपस्थिती रहेको थियो । नगर कमिटी अध्यक्ष बिश्व कार्कीको अध्यक्षता र सचिव टेकेन्द्र कुवँरको सञ्चालनमा सम्पन्न भएको शोकसभामा बोल्दै अधिकांश नेताहरुले स्वर्गिय भुसालले पाटीमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

यता वाणगंगा नगर कार्यपालिका सदस्य कृष्ण बहादुर विश्वकर्माका पिता खुम बहादुर विश्वकर्माको निधन प्रति नेकपाले घरमै शोकसभा गरेको छ । नेकपाका नेता समेत रहेका विश्वकर्माको बुवाको ८०  बर्षको उमेरमा निधन भएको थियो ।

नगर कमिटी अध्यक्ष विश्व कार्कीको अध्यक्षता, सचिव टेकेन्द्र क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको शोकसभामा नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरे, प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य बलराम अधिकारी, कृष्ण पौडेल, नगर उपप्रमुख चक्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  १२ : ५७ बजे