मायादेवी अनलाइन, कपिलवस्तु ।
रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट बन्द हुने भएका छन् । अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले १० प्रतिशत सेवा शुल्क हटाउन निर्णयको विरोधमा मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने घोषणा गरेको हो ।
आजदेखि देशभरका रेष्टुरेन्ट तथा बार बन्द गेरर सरकारलाई सो निर्णयमा पछि हट्न दबाब दिने अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघका महासचिव मुक्ति दाहालले जानकारी दिनुभयो । अदालतको आदेश र श्रम ऐन तथा नियमावलीविपरीत रेबानले १० प्रतिशत सेवा शुल्क कटौती गरेको मजदुर संगठनको आरोप छ । रेबानले आफूहरुलाई पटक–पटक धोका दिइसकेकोले अब उनीहरुसँग वार्ता नगर्ने पनि मजदुर संगठनले जनाएका छन् । सरकारको उपस्थितिमा भरपर्दो ढंगले मात्रै वार्ता गर्ने महासचिव दाहालले बताउनुभयो ।
रेष्टुरेन्ट तथा बारमा ग्राहकबाट लिने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा मजदुरले आन्दोलन थाले पनि रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले भने निर्णयबाट पछाडि नहट्ने जनाएको छ ।
प्रतिक्रिया