मायादेवी अनलाइन, कपिलवस्तु ।
आज सोनाम ल्होछार पर्व अर्थात २१ सय ४६ औं ग्याल्बो ल्होछार पर्व, नेपालका तामाङ समुदायहरुले नयाँ वर्षको रुपमा धुमधामका साथ मनाउँदै छन् । यसलाई ग्याल्पो ल्होसार पनि भनिन्छ । हिजोबाट भेडा वर्षलाई विदाइ गरि आजबाट बाँदर वर्ष शुरु भएको मान्यता अनुसार यस वर्ष जन्मिने सबै बाल बालिकाहरु भेंडा वर्गको भएको मानिन्छ । ल्होको अर्थ नयाँ र छारको अर्थ बर्ष हो । तामाङ समुदायले जन्मदेखि मृत्युसम्म १२ जीवजन्तुलाई आधार मानेर विभिन्न संस्कार गर्ने गर्दछन् । बाह्र ल्हो मध्ये हरेक वर्ष एक एक वटा ल्हो फेरिन्छ । त्यही ल्हो फेरिने दिनलाई ल्हो पोबा,ल्हो दोबा वा ल्होछार भनिन्छ ।
तामाङ जातिले मान्ने ल्होछार प्रत्येक वर्षको माघ शुल्क प्रतिपदाको दिनदेखि अर्थात चन्द्र वर्षको प्रथम चन्द्र महिनाको पहिलो दिन परेवादेखि प्रारम्भ हुन्छ । संसरभर यसैदिनदेखि ल्होछार पर्व निकै हर्षोल्लासका साथ मनाइन्छ । ल्होछारको अवसरमा तामाङ समुदायले गुम्बा तथा घरघरमा पूजापाठ गरी सार्वजनिक स्थलहरुमा दाज्र्यू गाड्ने,छो प्रसाद वितरण गर्ने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । यस्तै ल्होछार पर्वमा लेबेटी,इष्टमित्र र ससुराली कुटुम्बको मिलन र सामूहिक प्रीतिभोज गर्ने पनि गर्दछन् ।
यस्तै आज २१४६ औं ग्याल्बो ल्होछार पनि मंगलवार नै परेको छ । हरेक तीन वर्ष अर्थात अधिक वर्षमा सोनाम र ग्याल्बो ल्होछार एकै दिन पर्ने गर्दछ । ग्याल्बो ल्होछार भने तिब्बती धर्म र मान्यतामा आस्था राख्ने समुदायले मनाउँने गर्दछन् । २१४६ औं बृहत राष्ट्रिय ग्याल्पो ल्होछार मूल समारोह समितिको आयोजनामा आज नै काठमाडोंको खुलामञ्चमा विशेष समारोहको आयोजना गरिदैछ ।
प्रतिक्रिया