१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मन्त्री अर्यालद्वारा मालपोल कार्यालयमा छड्के जाच



काठमाडौँ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन्। बिहान मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरुको अनुगमन गरेको थियो ।
टोलीले कार्यालय प्रवेश गरी सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । साधारण पोशाकमा गएकी उनले सचिव गोपीनाथ मैनाली सहितको टोलीसहित सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी लिएकी छन् ।
लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको गुनासा राखेका थिए। सेवाग्राही आफैले भर्न सक्ने फारामका कारण आफ्नो व्यवसाय समस्या परेकोप्रति उनीहरुको गुनासो लक्षित थियो ।
मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुन कर्मचारीलाई निर्देशन दिएकी थिइन्। अनुगमनको क्रममा कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले कार्यालय अर्को ठाउँमा सार्ने विकल्प खोज्न मन्त्री अर्यालले कार्यालय प्रमुखलाई निर्देशन दिएकी छन्।
मन्त्रालयका सचिव गोपिनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  ८ : ४९ बजे