काठमाण्डौ ।
सामाजिक अभियन्ताको रुपमा चर्चामा आएका सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला झनै हाईहाई भएका छन् । पछिल्लो समय गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेसंगै उनीहरु खेलप्रेमीसंगै जनतामाझ थप चर्चामा आएका हुन् । चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उनले देश तथा बिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् । जनस्तरबाटै निर्माण हुन लागेको रंगशालाको लागत ३ अर्ब बताईएको छ । क्रिकेट रंगशाला बन्ने घोषणासंगै फुरुङ बनेका नेपालीहरुलाई पनि यस आयोजनालाई राष्ट्रिय गौरबको रुपमा हेरिरहेका छन् ।
२१ माघ २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया