१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

प्रदेश नम्बर ५ मा आज ‘प्रदेश सभा दिवस मनाईदै’



बुटवल ।
प्रदेश नम्बर ५ प्रदेश सभाको पहिले बैठक बसेको दिन सोमबार प्रदेश सभा दिवसको रुपमा मनाइदै छ । आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सोमबारको दिनलार्ई प्रदेश सभा दिवसको रुपमा औपचारिक कार्यक्रम गरी मनाउन लागिएको हो ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले आज प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थपन समितिको निर्णय अनुसार नै दिवस मनाउन लागिएको जानकारी दिनुभयो । उहाका अनुसार मुल समारोहलाई प्रदेश प्रमुख उमाकान्त झा, मुख्य मन्त्री शंकर पोखरेल र मन्त्रीहरुले संवोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी गोविन्द प्रसाद सुवेदीका अनुसार समारोहमा सरकारी कार्यलयका प्रमुख, जिल्ला संमन्वय समितिका प्रमुख, सचिव लगायतको सहभागीता हुने छ । कार्यक्रममा प्रदेश सभा दर्पण को लोकार्पण, उत्कृष्ठ कर्मचारी, मर्यादापालकहरुलाई पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।
वि.स. २०७४ माघ २१ गते प्रदेश सभा बैठक पहिलो पटक बसेको थियो । पहिलो बैठक २८ घण्टा, ३३ मिने २० सेकेण्ड बसेको थियो । २८ पटक बैठक बसेको थियो । वि.स. २०७४ असार २४ गते सम्म पहिलो अधिवेसन बसेको थियो । जसमा ११ विधेयक दर्ता भएका थिए ।
दोस्रो अधिवेसन मंसिर २६ गते बाट बसेको थियो । जुन १३ घण्टा, ३२ मिनेट बसेको थियो जसमा जम्मा १३ वटा बैठक सम्पन्न भएका थिए । जसमा कुल दर्ता भएका १४ विधेयक भएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  २ : ४८ बजे