दीपा महत, वाणगंगा ।
सरकारका पछिल्ला निर्णय, बढ्दो महंगी नियन्त्रण, शान्ति सुरक्षा कायम तथा शुसासनको माग गर्दै नेपाली कांग्रेस कपिलवस्तुले सोमबार सदरमुकाम तौलिहवामा बिरोधसभा गर्ने भएको छ । सभाको सवै तयारी पुरा भएको कांग्रेस कपिलवस्तुले जनाएको छ । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार देशभरका ७७ वटा जिल्लामा हुने विरोध सभामा केन्द्रले तोकेका र स्थानीय मुद्धालाई लिएर तौलिहवामा बिरोधसभा गर्ने तयारी नेपाली काँग्रेसले गरेको हो ।
डा.गोविन्द के.सी. संग बिगतमा भएका सहमती कार्यान्वयन, संवैधानिक आयोगमा प्रतिपक्षको उपस्थिति विना गरीएका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारीस फिर्ता, निर्मला पन्तको दोषीलाई प्रकाउ गर्नुपर्ने, भ्रष्टाचार र महंगी नियन्त्रण गर्नु माग सहीत कार्यक्रम आयोजना गरीएको कांग्रेस कपिलवस्तुले जनाएको छ । तौलिहवामा विहान ११ बजे तौलिहवामा विरोध सभालाई जिल्ला नेताले सम्बोधन गर्ने सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिनुभयो । उहाँले सभामा ५ हजार जनता उतार्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया