मायादेवी अनलाइन, वाणगंगा ।
हृदयघातको कारण शनिबार राती निधन हुनुभएका गोविन्द प्रसाद बेल्वासेको लक्ष्मणघाट नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । कपिलवस्तुको वाणगंगा ५ अमरैया निवासी बेल्वासेको गएराती आफ्नै घरमा निधन भएको हो । नेकपाका जिल्ला नेता विष्णु बेल्वासेका माइला दाजु रहनुभएका स्वर्गिय बेल्वासेको अन्तिम दाहसंस्कारमा नेकपाका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
बेल्वासेको पार्थिव शरीरमा अन्तिम दाहसंस्कार दिनका लागि नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल वलदेवको पनि उपस्थिती रहेको नेकपाका जिल्ला नेता युवराज पोख्रेलले जानकारी दिनुभयो ।
श्रद्धाञ्जलीसभामा कृषि तथा पशुपक्षी विकास मन्त्री समेत रहनुभएका खानल, नेकपाका केन्द्रिय सदस्य दोय गिरीधारीलाल न्यौपाने, विमला घिमिरे, नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, संविधानसभा सदस्य विश्राम प्रसाद थारु, प्रस्तावित जिल्ला सचिव विष्णु शाह, नेता कमल चुँदाली, वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल लगायतको उपस्थिती रहेको नेकपा नेता पोख्रेलले जानकारी दिनुभयो ।
स्वर्गिय बेल्वासेकी आमाको आजभन्दा १८ दिन अगी मात्र निधन भएको थियो । आमाको निधन भएको १८ दिन पछि माइला छोरा गोविन्दको निधन भएको हो । उहाँका एक श्रीमती सहित २ छोरा र एक छोरी हुनुहुन्छ ।
२० माघ २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया