१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

न्यूजिल्याण्डविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा भारत ३५ रनले विजयी



एजेन्सी ।
न्यूजिल्याण्डविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा भारत ३५ रनले विजयी भएको छ ।
योसँगै भारतले ४–१ ले शृङ्खला जितेको छ । भारतले दिएको २५३ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४४।१ ओभरमा अलआउट हुँदै २१७ रनमा समेटिएको थियो । भारतलाई जिताउन युजवेन्द्र चहलले ३ विकेट लिँदा मोहमद सामी र हार्दिक पाण्ड्याले दुई–दुई विकेट लिएका थिए । न्यूजिल्याण्डका जेम्स निसमले सर्वाधिक ४४ रन बनाउँदा केन विलिम्सनले ३९ तथा टम लाथमले ३७ रनको योगदान गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत निर्धारित ओभरको एक बल बाँकी छँदै २५२ रनमा अलआउट भएको थियो । ४८ रन बनाउँदा ४ विकेट गुमाएको भारतको स्कोर माथि उठाउन अम्वाती रायडु र विजय शंकरले ९८ रनको साझेदारी गरेका थिए । पाँचौँ विकेटका रुपमा विजय शंकर ४५ रन बनाएर रन आउट भएका थिए ।
रायडुसँगको रन लिँदा तालमेल नमिल्दा उनी कोलिन मुनरोबाट रन आउट हुन पुगे । त्यसपछि रायडु र केदार जादबले ७४ रनको साझेदारी गरे । रायडु ९० रन बनाएर आउट भएका थिए । कुमार जादबले ३४ रन बनाए । नियमित कप्तान विराट कोहलीलाई विश्राम दिइएको एक दिवसीयमा रोहित शर्माले कप्तानी गरेका थिए ।
आजको खेलमा महेन्द्रसिंह धोनी खेले पनि टप अर्डर भने चल्न सकेन । ओपनर ब्याट्सम्यान शिखर धवनले ६रन बनाउँदा रोहित शर्मा २ रनमा पेभेलियन फर्किए ।
शुभमन गिलले७ रन जोड्दा धोनी १ रनमा बोल्ड भएका थिए ।

अन्तिममा हार्दिक पाण्ड्या र भुवनेश्वर कुमारले आक्रामक पारि खेले । पाण्ड्या २२ बल खेल्दै ४५ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरेका छन् ।
न्यूजिल्याण्डका म्याट हेनरीले सर्वाधिक ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  १० : ३४ बजे