१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बहुविवाह मुद्धामा फरार अभियुक्त २२ वर्षपछि पक्राउ



वीरगञ्ज ।
बहुविवाह मुद्धामा दोषी ठहर भइ फरार भएका एक अभियुक्त २२ वर्षपछि फक्राउ परेका छन् । प्रहरीले जितपुर सिमरा उपमहनगरपालिका(३ बस्ने ५२ वर्षीय तुलसीप्रसाद तिमल्सेनालाई पक्राउ गरेको हो ।
२०५२ चैत १९ गते बारा जिल्ला अदालत कलैयाको फैसला आदेशले तुलसीविरुद्ध बहुविवाह मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ कैद फैसला गरेको थियो । त्यसबेलादेखि नै फरार उनलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।
तुलसीलाई माघ १९ गते बारा जिल्ला अदालतमा प्रस्तुत गरिएको र अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि वीरगञ्ज कारागारम पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  ७ : १० बजे