१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

संसद अवरुद्ध नगर्ने कांग्रेसको संकेत



काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ ।आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ ।
गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा.केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो । मुख्य सचेतक बालकृष्ण खाँडले संसदीय दलको नेता देउवाले सम्बोधन गरेपछि संसद सुरु हुने जानकारी दिए ।
यसैबीच संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न आजै कांग्रेस संसदीय दलको बैठक पनि बोलाइएको छ ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  ६ : ४४ बजे