काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।
सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ । जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा पनि नेविसंघको आलोचना भइरहेको छ ।
आइतबार नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’ नेविसंघको नाममा केही ूविद्यार्थीलेू सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ।
किन्तु,परन्तु केही नलगाई मेरो उत्तर स त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।
नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।नेविसंघका कार्यकर्ताले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए ।
सरकारी कर्मचारीहरुले सार्वजनिक विदाको दिन सम्बन्धित कार्यालयबाट पास लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया