मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका – २, लोहरौला गाउँ समाजको आयोजनामा शनिबारदेखि थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला सुरु भएको छ ।
“हम्मन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचएना हम्मनके अभियान” भन्ने मुल नाराका साथ सञ्चालन भएको मेला कार्यक्रमका प्रमुख अतिथि रहेका विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले एक भव्य समाहरोका बीच मेलाको समुद्घाटन गर्दै सबै जातजाति, भाषाभाषीको कला संस्कृतिलाई सम्मान गर्दै थारु संस्कृति पनि देशको गहना रहेकोले जगेर्ना गर्नु हामी सबैको दायित्व हो, त्यसैले संरक्षणमा जोड दिनुका साथै आफ्नो गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहने थापाले बताए ।
त्रिवेणी मेला यहि माघ १९ गते देखि २१ गते सम्म चल्ने आयोजकले जानकारी गराउँदै मेलाको मुख्य आकर्षणका रूपमा थारु पहिरन भेषभुषाको प्रदर्शनी, थारु नाच झुम्रा, झ्ररा, मयुर, लाठी नृत्यको प्रदर्शन र थारु खानाको परिकार लगायत परम्परागत सामाग्रीको प्रदर्शनी एवम् स्थानीय तथा राष्ट्रिय गायक, गायिका समीक्षा चौधरी, रोशन रत्गैँया लगायतका अन्य कलाकारहरूको साथै स्थानीय क्लबहरूको थारु साँस्कृतिक नृत्य समेतको बेजोड प्रस्तुति रहने मेला महोत्सवका संयोजक कृष्णबहादुर थारुले बताए ।
उक्त कार्यक्रम सोमईलाल थारुको अध्यक्षता, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यिता, वडा नम्वर ४, का वडा अध्यक्ष दिनेश कुमार चौधरी, तिलक राम कडेल, थाकस कपिलवस्तु जिल्ला अध्यक्ष उमा शंकर थारु, थारू कल्याणकारी सभाका केन्द्रिय सदस्य सुमित्रा थारू, जन्जिर थारु, विजनगर गाउँपालिका प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद चौधरी, विजयनगर गाउँपालिका कै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतको आतिथ्यिता साथै अनु चौधरीको स्वागत मन्तव्य मनतव्य र मिर्जा थारुको सञ्चालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया