१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मुटुको ईसीजी निशुल्क गर्ने अस्पत्ताल सि एण्ड सि, दर्जन बढी स्थानमा निशुल्क शिबिर



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
बाणगंगा चारनम्बरमा रहेको सि एण्ड सि अस्पतालले आफूलाई नाफामूलक मात्र नभएर सेवामूलक स्वास्थ्य संस्थाको रुपमा स्थापित गराउँदै गएको छ । अहिलेसम्म कपिलवस्तुको दर्जनबढी स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेर अस्पत्तालले २ हजार बढी विरामीलाई सेवा दिइसकेको छ । बिभिन्न बिषयमा विशेषज्ञता हासिल गरेका विशेषज्ञ डाक्टरले निशुल्क सेवा प्रदान गरेका कारण विरामी पनि लाभान्वित भइरहेका छन् । लामो समयसम्म पाल्पा मिसन अस्पत्तालमा काम गरिसक्नु भएका फिजिसियन डाक्टर प्रकाश पुन लगायतको संलग्नतामा स्वास्थ्य शिबिरहरु संचालन भइरहेका छन् ।

श्वासप्रश्वास, मृगौला तथा मुटुमा समस्या भएका, पत्थरी, सुत्केरी महिला लगायत सामान्य समस्या भएकालाई पनि निशुल्क जाँच गरी उचित परामर्श दिनुका साथै अस्पत्तालमा पनि २० प्रतिशत छुटको व्यवस्था गरी सेवा प्रदान गरिरहेको छ । यसले धेरै विरामीले राहत पाएको अस्पत्तालका संचालक गोपाल घिमिरेले बताउनु भयो । जिल्लामा अझै पनि कतिपय समुदायमा आर्थिक अवस्थाको पाटो कमजोर भएका कारण उनीहरु आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएर कतिपय समस्यामा परेका कारण आफूहरुले यो अभियान सुरु गरेको अस्पत्तालले जनाएको छ ।

यसैक्रममा अस्पत्तालले विश्व सिमसार दिवसको अवसरमा जगदिशपुर तालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । शिबिरबाट ३ सय ४५ बढी विरामीले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य शिविरमा १ सय २८ जनाको मुटुको ईसीजी समेत गरिएको थियो । शिविरमा भौतिक विकास तथा योजना मन्त्री एवमु प्रदेश ५ का प्रवक्ता वैजनाथ चौधरी, प्रदेश सांसद विष्णु पन्थी, प्रमुख जिल्ला अधिकारी, बिभिन्न वडाका वडाध्यक्ष लगायतले स्वास्थ्य जाँच गराउनु भएको थियो । कपिलवस्तु ९ का वडाध्यक्ष शिव बहादुर वाग्लेको अध्यक्षता, प्रदेश पाँचका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्य र प्रदेश ५ का सांसद विष्णु पन्थीको विशिष्ट आतिथ्यमा शिबिर सम्पन्न भएको थियो । शिविरमा  बिभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । अस्पत्तालले सामाजिक र मानवीय उत्तरदायित्व पुरा गर्न जिल्लाका धेरै स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको अस्पत्तालका संचालक घिमिरेले बताउनु भयो । भावी दिनमा पनि यस अभियानलाई निरन्तर जारी राखिने घिमिरेले मायादेवी अनलाइनलाई जानकारी दिनु भयो । सि एण्ड सि अस्पत्ताल बुटवलबाट पश्चिमतर्फ दाङसम्मकै सबैभन्दा सुविधासम्पन्न अस्पत्ताल हो । त्यहाँ मुटुको इसिजीदेखि माइनरमेजर अप्रेसन, विशेषज्ञबाट दन्त सेवा,पत्थरीको विशेष प्रविधिबाट उपचार लगायतका सबै प्रकारका विरामीको उपचार हुन्छ ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  ३ : ४८ बजे