मायादेवी अनलाइन, वाणगंगा ।
माक्र्सबादी विचारधारामा कलम चलाउने कपिलवस्तुका लेखकहरु एकजुट हुन थालेका छन । कपिलवस्तुको वाणगंगामा भएको एक भेलाले प्रगतिशिल लेखक संघ जिल्ला शाखा गठन गरेको छ । गत बैशाखमा तदर्थ समिति गठन गरेर काम गर्दै आएको संघको पहिलो अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गरेको हो ।
जसको अध्यक्षमा अर्जुन शर निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा नित्यानन्द पाण्डे, सचिवमा दिपक अनुरागी, कोषाध्यक्षमा चन्द्रकान्त न्यौपाने सर्वसम्मतले निर्वाचित हुनुभएको छ । संघको सदस्यमा पुनाराम गिरी निर्वाचित हुनुभएको छ भने अन्य दुई जना सदस्यलाई पहिलो बैठकबाट निर्वाचित गर्ने संघले जनाएको छ ।
यस भन्दा अगाडी संघको तदर्थ समितिको अध्यक्ष लालकृष्ण पौडेल हुनुहुन्थ्यो । पौडेल कार्यव्यस्थताका कारण काम गर्न नसक्ने भएपछि अध्यक्षमा अर्जुन शरलाई सर्वसम्मतले निर्वाचित गरिएको हो । पौडेल अब संघको सल्लाहकारमा रहनुहुनेछ ।
प्रगतिशिल लेखक संघ कपिलवस्तुको नेतृत्व गर्नुभएका अर्जुन शरले संघमा जिल्लाका सबै प्रगतिशिल लेखकलाई गोलबद्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ । माक्र्सबादी साहित्यबाट चिन्तित लेखकहरुको साझा संस्था भएकोले सबैलाई यसमा गोलबद्ध गर्ने उहाले बताउनुभयो ।
प्रतिक्रिया