१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेकपा कृष्णनगर कमिटीको बैठक बस्यो, यस्ता भए निर्णय



मायादेवी अनलाइन, कृष्णनगर ।
नेपाल कम्युनिष्ट पार्टी कृष्णनगर नगर कमिटीको पहिलो विस्तारित बैठक बसेको छ । बैठकले नवनिर्वाचित नगर कमिटी सदस्यलाई सपथ खुवाउँदै विभिन्न निर्णय गरेको छ । जसमा वडा कमिटी गठनका लागि प्रस्तावित चार सदस्यिय समिति निर्माण गरेको छ भने आगामी तीन महिना भित्र पार्टी सदस्ययता नविकरण गर्ने बैठकले निर्णय गरेको नगर कमिटिका सचिल लल्लु प्रसाद चौवेले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख अतिथिको आशनबाट बोल्दै केन्द्रिय सदस्य विमला घिमिरेले पार्टीले निर्देशित गरेका सबै कामहरु न्गर कमिटिले कुशलता पूर्वक गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको सरकारको नेतृत्व गरेको भन्दै अबको चार बर्षमा देश समृद्धिको युगमा प्रवेश गर्ने बताउनुभयो ।
संविधान जारी पछि संविधान कार्यान्वयनको चरणमा देश गएको भन्दै सरकारले विभिन्न कानुन निर्माण गरिरहेको जिकिर गर्नुभयो । देशमा बनाइ नहुने कानुन निर्माण गर्नुपरेकोले सरकारको ध्यान त्यता तिर गएको प्रष्ट पार्दै अहिले सरकारले काम नै गरेन जस्तो लागे पनि त्यस्तो नभएको प्रष्ट पार्नुभयो ।
प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कृष्णनगर नगरपालिकामा नेकपाको राम्रै प्रतिनिधित्व रहेको भन्दै त्यसलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । कृष्णनगरको विकास सोचजस्तो नभएको भन्दै नेकपाले सधै खबरदारी गर्नुपर्ने बताउनुभयो । नगरको विकासमा नेकपाका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुनेभएकोले त्यता तिर ध्यान दिन पार्टीलाई उहाले आग्रह गर्नुभयो ।
नगर कमिटी अध्यक्ष जावेद आलम खाँको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश किमिटी सदस्य कृष्ण पौडेल, मिर्जा अरसद वेग, अब्दुल अहमद रउफ, प्रस्तावित जिल्ला सचिव रामचन्द्र शाह, सुशील कुमार श्रीवास्तव लगायत नेताको उपस्थिती रहेको थियो । बैठकको सचालन नगर किमिटी सचिव लल्लु प्रसाद चौवेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  ३ : ०१ बजे