गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
जिल्ला स्तरीय छुट अस्थायी करार शिक्षकको तेस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको संघर्ष समितिका सचिव कृष्ण रानाभाटले जानकारी दिनुभयो । सम्पन्न भेलाले संघर्ष समितिका अध्यक्ष राम बहादुर बस्नेतको नेतृत्वमा छुट अस्थायी करार शिक्षक केन्द्रिय संघर्स समितीका उपाध्यक्ष टीकाराम पोख्रेल मार्फत नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औ जिल्ला सम्मेलन उद्घाटन गर्न आउनु भएका केन्द्रीय उपाध्यक्ष बद्री आलम र यदु पन्थीलाई करार शिक्षकका मागहरु सहितको ज्ञापनपत्र बुझाईएको थियो ।
भेलालाई सम्बोधन गर्दै उहाँहरुले सबै शिक्षकहरुलाई बराबर नजरले हेर्ने र मागहरुको सम्बोधन गर्न केन्द्रमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारले २०७२ असोज २ गते पछि नियुक्ति लिएका शिक्षकहरुलाई निश्चित मिति तोकी शिक्षकहरुलाई विभेद गरेकोले आम शिक्षकहरुका मागहरु जाहेज भएको संगठनको ठहर रहेको बताउनु भएको छ ।
भेलामा शिक्षकहरुको उपस्थिती उल्लेख्निय रहेको थियो । आफ्ना मागहरु पुरा नभए कडा आन्दोलन शुरु गर्न आफुहरू बाध्य हुने संघर्स समितिका केन्द्रिय उपाध्यक्ष पोख्रेलले बताउनु भयो ।
२० माघ २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया