कपिलवस्तु, मायादेवी अनलाइन ।
टी–२० सिरिजको उपाधिको लागि आज नेपाल र यूएइएक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् । नेपालको टी–२० सिरिज पनि अर्को जितेर इतिहास बनाउने लक्ष्यमा रहेको छ भने यूएईलाई घरमै एक दिवसीय सिरिज गुमाएको पीडा बिर्सिएर टी–२० सिरिज जोगाउने ध्याउन्न हुने छ । पहिलो टि २० युएइले जितेको थियो भने दोश्रो नेपालले जितेको थियो । त्यसकारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुने छ । आजको खेलमा कप्तान पारस खड्का, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ, सोमपाल कामी आदि मैदान उत्रँदै छन् । अभिनास बोहरा टिममा पर्ने छन् ।यसैगरी सन्दीप जोरा, रोहित कुमार पौडेल, ललितनारायण राजबंशी र भीम सार्की मध्यबाट बाँकी २ जना खेलाडीले अन्तिम ११ मा स्थान बनाउने छन् ।
नेपाली टिममा अहिले युवा खेलाडीहरुको वर्चश्व रहे पनि ओपनिङ र विकेट किपिङमा अपेक्षाकृत सफलता हात पारेको छैन । टी–२० मा ओपनिङ तथा विकेट किपरको भूमिकामा आएका प्रदीप ऐरी दुवै खेलमा चल्न नसकेपछि उनी आजको टिममा पर्ने सम्भावना न्यून रहेको छ । उनको ठाउँमा विनोद भण्डारीलार्इ नै खेलाउने योजना रहेको छ । यसैगरी बसन्त रेग्मीको खेल्ने सम्भावना पनि कम रहेको छ । एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखेका रोहितकुमार पौडेल टी–२० को पहिलो खेलमा नचलेपछि दोस्रो खेलमा बेन्चमै बस्न पुगे ।
यसैगरी सन्दीप जोराले अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए तर दोस्रो खेलमा उनको जोर चल्न सकेन । एक दिवसीय र टी–२० सिरिजका लागि १६ जना खेलाडी यूएई गएकोमा अहिलेसम्म भीम सार्कीले डेब्यु गर्न पाएका छैनन् । युवा खेलाडीहरुले डेब्यु खेलमै राम्रो प्रदर्शन गरेकाले युवा खेलाडीहरु नै अन्तिम खेलमा पनि सहभागी हुनेछन् ।
१९ माघ २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया