१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अपाङ्गता भएका व्यक्तिको लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न



कपिलवस्तु ।
अपाङ्गता भएका व्यक्तिको लागि कानुनमा भएका हक अधिकारको बारेमा जानकारी दिन सचेतना कार्यक्रम गरिएको छ । श्री नव सिर्जना अपाङ्ग उत्थान केन्द्रको आयोजनामा जिल्लाको बुद्धभुमि नगरपालिका -२ गोरुसिंगेमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बाबा योगीराजले अपाङ्गता भएका व्यक्तिहरु आफ्नो अधिकार प्राप्तीका लागि अग्रसर हुनु पर्ने बताउनु भएको छ । उहाले अपाङ्गता भएका व्यक्तिले कुनै पनि किसिमको हिनताबोध नगरी सृजनशिल कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

श्री नव सिर्जना अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष सिर्जना भुषालको अध्यक्षता, वडा नं.-२ का वडा अध्यक्ष भेषराज खनाल, अपाङ्ग उत्थान केन्द्रका केन्द्रिय वरिष्ठ उपाध्यक्ष वेदी बहादुर पोख्रेलको विशिष्ठ आतिथ्यतामा भएको हो । नगरका सवै वडा अध्यक्षको उपस्थिति रहेको सचेतना कार्यक्रमको सन्चालन निर्मला पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ३ : ४७ बजे