सुनसरी ।
इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
गएको वर्ष थ्रीस्टारसँग फाइनलमा हारेको आर्मीले यसपाला १६ लाख रुपैयाँसँगै ट्रफी उचालेको छ । आर्मीले लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई दुई शून्यले हरायो ।
१० खेलाडीमा सिमित मनाङले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । आर्मीका लागि खेलको छैटौ मिनेटमा टंक बस्नेतको गोल गरे । उनले कर्नरबाट आएको बललाई डीबक्स बाहिरबाट गोल गरे ।
७ वटा पहेँलो कार्ड देखाइएको खेलको पहिलो हाफमा आर्मी हावी भयो । दोस्रो हाफमा पनि मनाङ खेलमा फर्कन सकेन । दोस्रो हाफको २५ औ मिनेटमा मनाङलाई पुन झड्का लाग्यो ।
मनाङका स्ट्राइकर आफिज ओलाओलेले डीबक्सभित्र आर्मीका किपर बिकेश कुथुलाई फल गरेपछि उनले रेड कार्ड पाए । खेलको को अन्तिम मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै आर्मीको जित पक्का गरे ।
खवासले मैदानको दाहिने कुनामा पाएको वान भर्सेस वानको अवसरमा गरेको प्रहार मनाङका किपर विशाल श्रेष्ठले रोक्न सकेनन् । प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत भए ।
प्रतिक्रिया