९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भृकुटी माविमा ५० औ स्वर्ण महोत्सवको सबै तयारी पुरा



विकास बन्जाडे, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थीत भृकुटी माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको छ । माघ २० देखी २३ सम्म हुने स्वर्ण महोत्सवकोसम्पुर्ण तयारी पुरा भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
२०२४ सालमा स्थापना भएको भृकुटी माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउन लागेको छ । स्वर्ण महोत्सवमा सहभागी हुन पत्रकार सम्मेलन मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल बन्जाडेले जिल्लाका राजनितिक दल, बुद्धजिवि, समाजसेवी, शिक्षक, विद्यार्थि लगायत सवैलाइ आग्रह गर्नुभयो ।
उहाँले थप अगाडी बोल्दै अवको शिक्षा केवल साक्षर हुन मात्र नभई समय र युग सुहाउंदो शिक्षा भएकाले आगामी दिनमा भृकुटी माविमा हाल कक्षा १२ सम्म कृषि विज्ञान संकायमा अध्ययन भएपनि आगामी दिनमा क्याम्पस तहमा प्राविधिक शिक्षा अवको आवश्यकता रहेकोमा जोड दिनुभयो । पत्रकार सम्मेलनमा विभिन्न राजनितिक दलका प्रतिनिधि, पुर्व विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
स्वर्ण महोत्सवको नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानध्यापक बेद प्रसाद भुसालले जानकारी दिनुभयो । महोत्सवको अवसरमा सरसफाइ, रंगरोदनले विद्यालय सिँगारिएको छ ।
कार्यक्रममा राष्टिय तथा स्थानीय कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने छन् । यसैविच स्वर्ण महोत्सवको अवसरको पुर्वसन्ध्यामा भोली विहान बुद्धभुमी नगरपालीका कार्यालय अगाडी देखी विद्यालय हातासम्म प्रभातफेरी समेत हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  १ : १९ बजे