१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतको आग्राको कोठीमा बेचिएका ५ नेपाली महिलाको उद्धार



काठमाडौं ।
भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका पाँच महिलाको उद्धार गरिएको छ । सन्धुपाल्चोक नुवाकोटबाट लगिएका महिलाहरूलाई उद्धार गरिएको माइती इण्डियाले जानकारी गराएको छ । वेश्यालयबाट उद्धार गरिएका महिलाहरूको कानुनी प्रक्रिया पूरा नभएकाले १ वर्षदेखि भारतीय सरकारको संरक्षण गृहमा रहेका बताइएको छ ।
भारतमा नक्कली कागजात पेस गरी दलालहरूले आफन्त भनी पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकाले कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काउने माइती इण्डियाले जनाएको छ ।
उद्धार गरिएका पीडित महिलाहरुको डिएनए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी नेपाल फर्काउने बताइएको छ ।
माइती इन्डियाको संरक्षणमा रहेका पीडित महिलाहरूलाई अदालतको प्रक्रिया पूरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाउने बताइएको छ । माइती इण्डिया र समाजसेवी बालकृष्ण पाण्डेयको संयुक्त पहलमा उनीहरूको उद्धार भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ३३ बजे