१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज २३ औँ विश्व सिमसार दिवस, जगदिशपुरमा विशेष कार्यक्रम



मायादेवी अनलाइन, कपिलवस्तु।
आज २३ औँ विश्व सिमसार दिवस, कपिलवस्तुसहित नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदै छ । वातावरणीय सन्तुलनका लागि सिमसारको मुख्य भूमिका रहेको निष्कर्षसहित सन् १९७१ देखि फेबु्रवरी २ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने १९९१ देखि मात्र यो दिवस मनाउन थालिएको हो । विश्वका १ सय ६९ देशका २ हजार २ सय २५ सिमसार क्षेत्र रामसार सूचिमा सुचिकृत छन् । नेपालका ९ वटा सिमसार क्षेत्र रामसार क्षेत्र छन् । विश्वको ९ प्रतिशत र नेपालको पाच प्रतिशतभन्दा बढी क्षेत्र सिमसारमा पर्दछ ।
आज कपिलवस्तुको निग्लिहवाको जगदिशपुर तालमा आज विशेष कार्यक्रम हुँदै छ । जगदिशपुर जलासय मञ्चले एक कार्यक्रम गरी यसको व्यवस्थापनको लागि विशेष योजना बनाउने जनाएको छ । विश्वका १ सय ६९ देशका २ हजार २ सय २५ सिमसार क्षेत्र रामसार सूचिमा जगदिशपुर पनि पर्दछ । यसलाई प्रदेश ५ ले पनि विशेष योजनाको रुपमा लिएको छ ।
राष्ट्रिय सिमसार नीति, २०६९ ले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दीगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने लक्ष्य लिएको छ । सिमसार क्षेत्रले आँधीबेहरी र बाढीको प्रभावको दृष्टिकोणमा मध्यवर्ती क्षेत्रको भूमिका निर्वाह गर्छन् । सिमसार क्षेत्रको अभिलेख अध्यावधिक गर्दै त्यहाँ उपलब्ध जैविक स्रोतको पहिचान र प्राथमिकताको आधारमा संरक्षणका कार्यक्रम अघि सारिनुपर्नेमा संरक्षणविदले जोड दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  २ : ३८ बजे