एजेन्सी ।
स्पेनिस कोपा डे रे को सेमिफाइनलमै स्पेनका २ महारथी रियल मड्रिड र बार्सिलोना भीँड्ने भएका छन् । शुक्रबार भएको कोपा डे रे सेमिफाइनलको ड्रमा साबिक विजेता बार्सिलोनाले रियल मड्रिडलाई प्रतिस्पर्धीका रुपमा पाएको हो । दुई लेगको सेमिफाइनल एल क्लासिको हुने भएको छ ।
सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको मैदान नाउ क्याम्पमा फेब्रुअरी ६ मा हुनेछ । यस्तै दोस्रो लेग रियल मड्रिडको मैदानमा फेब्रुअरी २७ मा हुनेछ ।बार्सिलोनाले लगातार चार वर्ष उपाधि जितेको छ भने रियल मड्रिडले भने पछिल्ला बर्ष कोपा डेल रे जित्न सकेको छैन ।
यो वर्ष उ बार्सिलोनालाई पाखा लगाउँदै फाइनल पुग्ने लक्ष्यमा छ । बार्सिलोनाले जित्ने सुरु गर्नु अघिको वर्ष रियल मड्रिड विजयी थियो ।यस्तै अर्को सेमिफाइनलमा रियल बेटिसले भ्यालेन्सियासँग खेल्ने छ । फाइनल खेल आउँदै मे २५ मा हुनेछ ।
प्रतिक्रिया