९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाँकुरी विद्यालयमा विविध कार्यक्रम सहित पुरस्कार वितरण



मायादेवी अनलाईन, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा ९ स्थित पाँकुरी आधारभूत विद्यालयमा अतिरिक्त कार्यक्रम अन्तर्गत निबन्ध लेखन, खेलकुद एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

हिजो भएको निबन्ध लेखन प्रतियोगिता तर्फ कक्षा ४ र ५ लाई व्यक्तिगत सरसफाई शिर्षकमा र कक्षा ६(८ लाई प्राकृतिक सम्पदा संरक्षण शिर्षकमा सञ्चालन गरिएको थियो ।

त्यस्तै सानो कक्षा तर्फ शिशु र कक्षा १ लाई तातो आलु खेल खेलाईएको थियो भने कक्षा २ र ३ लाई कुर्सी दौड खेल खेलाइएको थियो ।

हिजोको कार्यक्रममा मंसिर महिना देखि हाल सम्म संचालन भएका साप्ताहिक अन्तर्गतका विविध कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको अतिरिक्त कार्यक्रम संयोजक शिक्षक तिलकराम बन्जाडेले जानकारी गराउनुभयो ।

सोही कार्यक्रममा नेपाल सरकार राष्ट्रिय चुरे संरक्षण कार्यक्रमबाट प्रदान गरिएको १०० कापी कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई वितरणको गरिएको थियो ।

सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक गणेश बेल्बासेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर लुईचेको प्रमुख आतिथ्यता र शिक्षक होमराज पदेउतीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन पाँकुरी बाल क्लबका सचिव सन्दिप परीयारले गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  १२ : १९ बजे