१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु कांग्रेसले माघ २१ गते सरकारका विरुद्धमा प्रर्दशन गर्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिती कपिलवस्तुको नियमित घुम्ती बैठक बसेको छ । वाणगंगा नगरपालिका १ कुलापानी हलमा सम्पन्न बैठकले माघ २१ गते कांग्रेसले ७७ वटै जिल्लामा गर्ने विरोध प्रर्दशनका बारेमा पनि छलफल भएको कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिनुभयो ।
सरकारले गरेका गतिविधीका बारेमा जनतालाई जानकारी गराउनको लागि कांगेसले ७७ वटै जिल्लामा माग २१ गते विरोध सभा गर्दैछ । जस अनुसार कपिलवस्तुको सदरमुकाम तौलिहवामा पनि विरोध सभा आयोजना गरिएको छ । सबै जिल्लामा हुने विरोध प्रर्दशनलाई कांग्रेसका जिल्ला नेताले सम्बोधन गर्ने छन् ।
वैठक सभापति सुरेन्द्रराज आचार्यको सभापतित्व, कांग्रेस वरिष्ठ नेता तथा पूर्व मन्त्री दिपकुमार उपाध्याय, तरुणदल जिल्ला अध्यक्ष शक्ती संह ठकुरी, जिल्ला सचिव महेन्द्र पाठक लगाएतको उपस्थितीमा भएको हो । बैठकको सञ्चालन नेविसंघ क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले गर्नुभएको हो ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  २ : ३३ बजे