मायादेवी अनलाइन, कपिलवस्तु ।
नेबिसंघ कपिलवस्तुले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । संघका कार्यकर्ताहरुले सदरमुकाम तौलिहवाको प्रशासन चोकमा साँझ सँवा ५ बजेतिर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले बिपक्षी पार्टीहरुलाई पाखा लगाउदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरुले त्यहा बिरोध प्रर्दशन समेत गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओली र सरकार बिरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।
बिरोध प्रर्दशनकै बिचमा प्रहरीले नेविसंघका सहमहामन्त्री प्रकाश घिमिरे सहीत ५ जनालाई पक्राउ गरेको छ । संघका जिल्ला सभापति राकेश पाण्डेय, परमेश्वर पाठक, सचिव राजु खराल, धिरेन्द्र पाण्डेय, राजेश उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको संघका प्रदीप पौडेलले बताए । पुत्ला दहनबारे सुचना आए पछि तौलिहवाको नयाँटोल, गौढीचौक, प्रशासन चोकमा ब्यापक प्रहरी परिचानल गरिएको थियो ।
ओली सरकरले दुई तिहाईको नाममा जन बिरोधी काम गरेको, डाक्टर गोबिन्द केसीसंग गरिएको संझौता बिपरित स्वास्थ्य बिधेयक पारित गरिएको, निर्मला पन्तको हत्यारालाई हाल सम्म पक्राउ गर्न नसेकेको बर्तमान सरकार पुर्णतया असफल भएको संघका सहमहामन्त्री घिमिरेले बताए । यसैबिच संघले पक्राउ गरिएका वपाच जनालाई तत्कालै रिहाईको माग गरेको छ ।
प्रतिक्रिया