१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल–पाकिस्तानबीचको खेल स्थगित



काठमाडौँ ।
अन्तर्रा्ष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।
पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहनुभएका सञ्चारकर्मी गोविन्दराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ ।
यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचाँै खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको शृङ्खला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  ९ : २४ बजे