मायादेवी अनलाइन, कपिलवस्तु ।
पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच आज एकता हुँदै छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकीकरणको आधारपत्रमा हस्ताक्षर भएसँगै एकताको टुंगो लागेको हो । एकीकरण पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति बनेको छ । चुनाव चिह्न ’हलो’ हुने भएको छ । पार्टी एकता घोषणाका लागि आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ ।
एक बर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ । मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले एकीकरण गर्न लागिएको नेताहरुले बताएका छन् ।
१८ माघ २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया